१३ मंसिर २०७८, सोमबार / Nov 29, 2021

कैलाली कांग्रेसको प्रचार प्रसार समितिको संयोजकमा : सुनार

मंगल बास्काेटे
८ कार्तिक २०७८, सोमबार ०७:०७
9 Views

निर्मल रैका

धनगढी-८ कार्तिक

नेपाली काँग्रेस कैलालीले प्रचार प्रसार समिति बनाएको छ ।
नेपाली कांग्रेस कैलालीको बसेको बैठकले युवा नेता निर्प बहादुर सुनार लाई १४ औ महाधिवेशनको प्रचार प्रसार समितिको सयोजक तोकेको हो ।
युवा नेता समेत रहेका सुनार विद्यार्थी राजनिती गर्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य त्यसै गरि नेपाल तरुण दलका केन्द्रिय सदस्य सदस्य हुदै नेपाल कांग्रेस कैलालीको जिल्ला कार्य समिति सदस्यका साथै नेपाली कांग्रेस कैलालीको प्रशिक्षण बिभाग प्रमुख समेत हुन ।
नेपाली कांग्रेस कैलालीको १४ औ महाधिवेशनमा उनी कैलाली कांग्रेसको सचिव पदका प्रर्बल दाबेदारको रुपमा हेरिएको छ ।
उनी जिल्ला स्तमा नेपाली कांग्रेस कैलालीका पार्टी सभापति नर नारायण शाह निकट मानिन्छन ।
कैलाली कांग्रेसका एक नेता नाम नबताउने सर्तमा भन्छन् ठुलो उथलपुथल नभए उनै सुनार कैलाली कांग्रेसको उप सभापति प्रकाश बमको प्यानलबाट सचिव लड्ने करिब करिब कन्फम नै भएको उनी बताउछन ।
राजनीति पढेलेखेकाले गर्दैन भन्ने भनाइ लाइ चिर्दै युवा नेता सुनार पढाईमा मास्टर डिग्री गरि सकेका छन । उनी कैलाली क्षेत्र न ५ का स्थायी बासी समेत हुन