१६ मंसिर २०७८, बिहीबार / Dec 2, 2021

सेभ द चिल्ड्रेनको सहयोगमा धनसिंहपुरका बाढी पिडित समुदायलाई राहत सामग्री वितरण ।

मंगल बास्काेटे
८ कार्तिक २०७८, सोमबार ०१:२७
38 Views

रंगप्रसाद तिमिल्सैना
टीकापुर -८ कार्तिक
कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ बाढी पीडित समुदायका परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलालीको सहजीकरण र टिकापुर नगरपालिकासँगको समन्वयमा टिकापुर नगरपालिका वडा नम्बर ८ धनसिंहपूरका करिब ५ सय बाढी प्रभावित घरधुरीलाई समुदायमा नै पुगेर राहत सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री लोकराज जोशीले जानकारी दिए ।
उक्त अवसरमा प्रत्येक परिवारलाई १ त्रिपाल, १ डोरी र १ सेट भाँडाकुँडाहरु वितरण गरिएको हो ।
सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक रत्न राज ओझाका अनुसार वितरण गरिएको भाँडाकुँडा, त्रिपाल, डोरी सहितको राहत सामग्रीको मूल्य करिब तेह्र लाख अठ्ठाईस हजार रहेको र उक्त सामग्रीहरु टीकापुर नगरपालिका वडा नं. ८ को बनगाँउ, फाँटा, बनजरिया, कालिमाटी, रामडाँडा, गैल, भकृटी चौराह, कमलगाँउ र गौडी समुदायहरुमा वितरण गरिएको थियो ।
टिकापुर नगरपालिका वडा नम्बर ८ कमलगाँउका एक स्थानियले विगत केही दिन देखी चिसो परालमा सुतिरहेको र अब पाल आएपछि सजिलो हुने बताए । राहत सामग्री वितरण कार्यमा टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल, वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्ला, सेभ द चिल्ड्रेनका रत्नराज ओझा, नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशी, धनसिंहपूर उपशाखाका सभापति चन्द्र साउद, राजनितिक दल र स्थानिय युवा स्वयंसेवकको उपस्थिति रहेको थियो ।

Latest समाचार