१२ मंसिर २०७८, आईतवार / Nov 28, 2021

अमरपुर खेल मैदानमा १ लाख रुपैया धनराशिको बृहत फुटबल प्रतियोगिता सुरु

मंगल बास्काेटे
१४ कार्तिक २०७८, आईतवार ०५:५१
24 Views

कैलालीमा १ लाख रुपैया धनराशिको बृहत् फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ४ अमरपुर खेलमैदानमा समानता युवा क्लबको आयोजनामा १ लाख रुपैया धनराशिको दोस्रो बृहत् फुटबल प्रतियोगिता सुरु भएको हो ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको दोस्रो बृहत् फुटबल प्रतियोगिताको उद्घाटन लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई र वडा नं ४ का अध्यक्ष लाल बहादुर बोगटले गरेका हुन । प्रतियोगितामा कैलाली र सुर्खेतका गरि १५ वटा टिमको सहभागीता रहेको छ ।
बृहत फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख बजगाईले कोरोनाका कारण सिथिल भएका खेलकुदका गतिविधि पुन सञ्चालन आएको बताए । खेलकुदका क्षेत्रमा नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्दै खेलकुदको विकासमा सहयोग गरेको उनले बताए ।
यस्तै लम्कीचुहा नगरपालिका वडा नं ४ का अध्यक्ष नगरपालिकाले एक वडा एक खेल मैदानको योजना बनाएर खेल क्षेत्रको विकास गरेको बताए । त्यस्तै अध्यक्ष बोगटीले खेलकुद क्षेत्रमा निर्माण गरिएका संरचनाहरुको संरक्षण गर्नमा समुदायले पनि सहयोग गर्नु पर्ने बताए ।
विजेता टिमले एक लाख एक हजार, उप विजेताले ५१ हजार नगद पुरुस्कार पाउने छन् भने उत्कृष्ट गोलकर्ता, गोलरक्षक, मिड फिल्डर, डिफेण्डर, फरर्वाड, म्यान अफ द म्याच, उदयमान खेलाडी सहित प्रतियोगिता भरीको उत्कृष्ट खेलाडीलाई पनि नगद पुरुस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
मुख्य प्रबद्धर्कको रुपमा लम्कीचुहा नगरपालिका रहेको प्रतियोगिताको सह प्रयोजकमा लम्कीचुहा नगरपालिका वडा नं ४ को कार्यालय, मंगलासैनी बिजनेश गु्रप, अमृता जि.बि बिजनेश गु्रप प्रा.लि रहेका छन् । अम्मरपुर खेल मैदानमा भईरहेको प्रतियोगिताको खर्च ११ लाख हुने अनुमान गरिएको क्लबका अध्यक्ष रमेश शाहीले जानकारी दिए । प्रतियोगिता कार्तिक २२ गते सम्म सञ्चालन हुने छ ।