१३ मंसिर २०७८, सोमबार / Nov 29, 2021

कैलालीको लम्कीबाट लागूऔषध (खैरो हेरोईन) र नगद सहित १ जना पक्राउ

मंगल बास्काेटे
१५ कार्तिक २०७८, सोमबार ००:२२
79 Views

कैलालीमा लागूऔषध र नगद रुपैया सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १ राजीपुरका सुनिल शाहीलाई २ ग्राम ३० मिलिग्राम लागूऔषधी खैरा हेरोइन सहित प्रहरीले पक्राउ गरेको हो । लागूऔषध खैरो हेरोइन कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहको कमान्डमा खटिएको टोलीले उक्त परिणाममा लागूऔषध र ९० हजार ९ सय रुपैयाँ नगद सहित लागूऔषध कारोबारी सुनिल शाहीलाई पक्राउ गरेको हो ।


लागूऔषध नियन्त्रणका लागी सिंघम् मानिने इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत बहादुर शाहले लागूऔषध कारोबारका लागी लम्की क्षेत्रको एक डिलरलाई नै पक्राउ गर्न सफल भएको बताएका छन । लामो समय देखि सुनिल शाही आफ्नै घर राजिपुरबाट लागूऔषध कारोबार गर्छन भन्ने सुचना भए पनि प्रमाण सहित फेला पार्न नसकेका उनले बताए । तर सूक्ष्म र गोप्य अनुसन्धान पछि मात्र प्रहरीले यो सफलता प्राप्त गरेको प्रमुख शाहले जानकारी दिए ।
लागूऔषध र नगद रुपैयाँ सहित पक्राउ परेका सनिल शाहीलाई अहिले लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।