१४ मंसिर २०७८, मंगलवार / Nov 30, 2021

अछामी बड्डो र हेमान्ता भट्टराई को “मैना मोरेली”बजारमा

मंगल बास्काेटे
२ मंसिर २०७८, बिहीबार ०५:०४
21 Views

 

चर्चित देउडा गायक लाल बहादुर धामी अछामी (बड्डो) र गायिका हेमान्ता भट्टराईको मैना मोरेली बजारमा आएको छ । माया प्रीतिमा आधारित मैना मोरेली देउडा गित चर्चित देउडा गायक लाल बहादुर धामी अछामी (बड्डो) र गायिका हेमान्ता भट्टराईको आवजमा आएको हो ।

यो गित माया प्रीतिमा आधारित मैना मोरेली देउडा गितमा बिवाह गर्न उमेर पुगेका युवा युवती बिच माया प्रेमको घटना र मदिराको प्रस्ताव राखेको बिषयलाई प्रस्तुत गरिएको छ । गितमा केटीले मदिरा नभई दुध दही खाउँ भनेपछि केटाले गोरस खाय कहिले कहिले दारु खाय अहिले भन्ने प्रस्ताव गर्छ ।

बर्तमान समाजमा रक्सी खाने जो सुकैले पनि भन्ने गरेको कुरा यो गितमा लिन खोजियको गायिका हेमन्ता भट्राइले बताइन् । यो अवस्थामा केटिले यस्तो युवालाई सक्सिको नसा बाट छुटाउनु पर्छ भन्ने सोच राखेर केटालाई रक्सी छुटाउन बाध्य पारी गित मार्फत एउटा सकारात्मक संदेश दिन खोजेको भट्राइले बताइन्।

देउडा गितकार राजेन्द्र शाह बिपि को शब्द, लाल बहादुर धामी र चर्चित मोडेल रोजि कुवरको अभिनयमा रहेको म्युजिक भिडियो खप्तड डिजिटल म्युजिक प्रा लीको इुट्युव च्यानलबाट बजारमा आएको छ । यो गितलाई चर्चित निर्देशक भिम थापाको निर्देशन रहेको छ ।