१७ मंसिर २०७८, शुक्रबार / Dec 3, 2021

नेपाली काँग्रेस लम्कीचुहा नगर सभापतिमा कुँवर बिजयी

मंगल बास्काेटे
२ मंसिर २०७८, बिहीबार ०४:५१
14 Views

कैलालीका १३ वटै स्थानीय पालिकाहरुमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । मंसिर १ गते राती सम्पन्न निर्वाचनबाट लम्कीचुहा नगरपालिकाको सभापति इन्द्र कुंवर बिजयी भएका छन । आफ्ना प्रतिद्धन्दी भक्तबहादुर चलाउने लाई पराजित गर्दै सभापतिमा कुँवर बिजयी भएका हुन । नगर समितको उपाध्यक्षमा जनक खत्री र मन्नुदेवी चौधरी, सचिवमा मिनबहादुर बटाला र ललित देउवा लगायतका पदाधिकारी निर्बाचित भएका छन ।
यस्तै
जानकी गाउँपालिकामा सभापति गणेश रेग्मी,महोन्याल गाउँपालिकामा कमल साउँद,टीकापुर नगरपालिकामा नरेश खत्री,जोशीपु्र गाउँपालिकामा बसिराम चौधरी,भजनी नगरपालिकामा नवराज मिश्र सभापतिमा बिजयी भएका छन । यस्तै बर्दगोरिया गाउँपालिकामा कृष्ण बिष्ट,घोडाघोडी नगरपालिकामा बमबहादुर सिंह गौरीगंगा नगरपलिकामा पहल बिक्रम चन्द,कैलारी गाउँपालिकामा कृष्ण चौधरी, धनगढी उपमहानगरपालिकामा यज्ञराज उपाध्याय र चुरे गाउँपालिकामा हेम शाह बिजयी भएको नेपाली काग्रेसको प्रचारप्रसार समितीले जानकारी दिएको छ । १३ वटा स्थानीय पालिका मध्य ४ वटामा सर्वसम्मत र अन्यमा निर्वाचन भएको थियो ।

Latest समाचार