१५ मंसिर २०७८, बुधबार / Dec 1, 2021

कैलालीमा फेरि चक्कु प्रहार, एक युवक घाईते

मंगल बास्काेटे
६ मंसिर २०७८, सोमबार ०९:५८
8 Views

कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् ।

 आइतबार राति चक्कु प्रहारबाट वडा नम्बर १ सोही ठाउँका दिनेश नेपाली घाइते भएका हुन् । बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले चक्कु प्रहार गरेको आफन्त राम बहादुर नेपालीले जानकारी दिए । घाइते नेपालीलाई स्थानीय लालरत्न अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।
चक्कु प्रहार गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरेको छैन तर, घाईतेका आफन्तले भने स्थानीय सुजल के.सी चक्कु प्रहार गरेको दाबी गरेका छन् । के.सी फरार रहेका छन् ।

Latest समाचार