१७ मंसिर २०७८, शुक्रबार / Dec 3, 2021

आगामी निर्वाचन सम्म सबैको हातहातमा लालपुर्जा हुन्छ : पुर्व प्रधानमन्त्री प्रचण्ड

मंगल बास्काेटे
८ मंसिर २०७८, बुधबार १४:५०
57 Views

लामो समय देखि अधुरै तथा अलपत्र अवस्थामा रहेको सेती लोकमार्ग निर्माणको काम अब तीब्र गतिका साथ अधि बढ्ने पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आश्वासन दिएका छन । बुधवार कैलालीको बर्दगोरियामा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै पर्व प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएका हुन ।
प्रचण्डले भने,म प्रधानमन्त्री हुँदा यो सडक निर्माणको काम सुरु भएको थियो ,अहिले सम्म सडकका धेरै कामहरू सम्पन्न हुनु पर्नेमा बिभिन्न बेलामा फेरबदल हुने सरकारका कारण अझै अलपत्र नै हुनु दुखद कुरा हो उनले भने यति बेला हाम्रो गठबन्धनमा सरकार निर्माण भएको छ । समस्या पनि चाडै समाधान हुनेछ यस क्षेत्रका जनताले निश्चित हुँदा हुन्छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य नन्द बहादुर साउदले दिएको ज्ञापन पत्रलाई बुझे पनि पर्व प्रधानमन्त्री प्रचण्डले सेती लोकमार्ग सँगसँगै बर्दगोरिया गाउँपालिका भित्रका काँडा कुइरा र पथरैया नदी तटबन्धका लागि पहल गर्ने उनले बताए ।
कैलालीका धेरै नेताहरूको चुनावी नारा बनेको कैलालीको चिसापानी देखी कञ्चनपुरको गड्डा चौकी सम्मको सडकलाई ६ लेन सडक निर्माणका लागि सम्बन्धित मन्त्रालय सँग पहल गर्ने बताए ।

सुकुम्बासी र भूमिहीनहरूको समस्या समेत चाँडै समाधान हुने उनले बताए ।उनले भने प्रतिगमनकारीका कारण केही समस्या रोकिएको काम अब सुरु भईसको छ , सुकुम्बासी र भूमिहीनहरूका लागी पूर्वबाट लालपुर्जा वितरणको काम सुरु भइसकेको बताउँदै उनले भने यति बेला गठबन्धन सरकारमा भूमि मन्त्रालय हाम्रो पार्टीको भागमा छ । आगामी निर्वाचन भन्दा पहिला नै प्रत्येक सुकुम्बासी र भूमिहीनहरूको हातहातमा लालपुर्जा हुने छ ।

Latest समाचार