१६ मंसिर २०७८, बिहीबार / Dec 2, 2021

नेकपा(एमाले) जानकी गाउँकमिटी सह–सचिवमा युवा नेता रावल सर्वसम्मत

मंगल बास्काेटे
९ मंसिर २०७८, बिहीबार ०४:५१
39 Views

नेकपा एमाले जानकी गाउँपालिका गाउँ कमिटीको उप–सचिव पदमा युवा नेता बिजय रावल सर्वसम्मत भएका छन । नेकपा (एमाले)को १० औ गाउँअधिवेशनबाट युवा नेता रावल उप–सचिव पदमा सर्वसम्मत भएका हुन ।
गत कार्तिक ११÷१२ गते सम्पन्न गाउँ अधिवेशन पछि जानकी गाउँपालिकामा नयाँ कमिटी चयन प्रक्रियामा बिवाद आएको थियो । झण्डै एक महिना पनि कमिटीले पुर्णता पाए संंगै जानकी गाउँपालिका वडा नं.९ का निर्वाचित वडासदस्य तथा युवाका ढुकढुकी बिजय रावल उप–सचिव पदमा सर्वसम्मत भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
सह–सचिव पदमा सर्वसम्मत भएका युवा नेता रावलले जानकी गाउँपालिका भित्र पार्टीमा देखिएको समस्यालाई सुल्झाउदै नेकपा एमाले सबै जनताको साझा पार्टी हो भन्ने महसुस गराउने आफ्नो अभियान रहको बताएका छन ।
गुट र उप–गुटबाट बिच्छीप्त गाउँ कमिटीलाई यथाशिग्र रुपमा सुदृढीकरण गर्दै एक् ढिक्का बनाएर लैजाने उनले प्रतिबद्धता ब्यक्त गरेका छन ।
१० औ गाउँअधिवेशनबाट अध्यक्षमा बुद्धि चौधरी,उपाध्यक्षमा धर्मराज चौलागाई सर्वसम्मत भएका छन । सचिव पदमा उत्तम चौधरी,उप–सचिव पदमा बियज रावल र अर्काे उप–सचिवमा भावना बि.क सर्वसम्मत भएका हुन ।

Latest समाचार