कैलालीको लम्कीचुहा नगरपालिकामा नगर कार्यपालिकाको मतदान सकिएको ७घण्टा बिती सक्दा पनि मत गणना सुरु भएको छैन । मध्यान्ह १२ मतदान सकिए पनि आचारसंहितामा कुरा नमिल्दा साडे ७ देखि मतगणना सुरु नभएको हो । कुनै मत पत्रमा स्वस्तिक छाप लागेको ठाउँ बाहेक अन्य ठाउँमा मसी लागेको देखिए के सदर या बदर गर्ने भन्न विषयमा कुरा नमिल्दा मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
बारम्बार सहमतिको प्रयास भइरहेको भए पनि सहमति भने अझै जुट्न सकेको छैन ।
संयुक्त गठबन्धन कुनै मत पत्रमा स्वस्तिक छाप लागेको ठाउँ बाहेक अन्य ठाउँमा मसी लागेको देखिए मतपत्र बदर हुनु पर्ने अडानमा छ भने नेकपा एमाले सदर हुनु पर्ने अडानमा छ ।