पछिल्लो केही दिनयता ह्वात्तै गर्मी बढेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ । बुधवार लम्कीचुहा नगरपालिकाले एक सूचना जारी गर्दै ४ दिनका लागि नगरपालिका भित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको हो।
अत्यधिक बढ्दै गएको गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएको हुँदा जेठ २५ गते देखि २९ गते सम्मका लागि ४ दिन दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
वर्ष भरि ४५ दिन बिदा हुन्छ त्यही बिदामा मिलान हुने गरि ४ दिन गर्मी बिदा दिएको शिक्षा अधिकृत गौरी कान्त न्यौपानेले बताएका छन ।