१५ असार २०७९, बुधबार / Jun 29, 2022

नगरपालिकाको लेखाशाखामा विद्युत सेवा अवरुद्ध हुँदा सेवा ग्राही मारमा

मंगल बास्काेटे
२६ जेष्ठ २०७९, बिहीबार ०९:१५
15 Views

कैलालीको लम्कीचुहा नगरपालिकामा विद्युत सेवा अवरुद्ध हुँदा सेवा ग्राही मारमा परेका छन । एमसिबि बिग्रिएर नगरपालिकाको लेखा शाखामा आज बिहानै देखि विद्युत सेवा अवरुद्ध हुँदा सेवा ग्राही मारमा परेका हुन ।
हिजो पनि एमसिभि बिग्रीएका कारण धेरै समय सेवा ग्राहीले सास्ती ब्यहोर्नु परेको थियो आज बिहान १० बजे देखि अहिले सम्म सेवा पाउन सकेका छैनन् ।
चेक लिनका लागि आएकी लम्कीचुहा १० की मिना चौधरी बिहान १० बजे देखि नगरपालिकामा बसेकी छन ।लेखा शाखामा विद्युत नहुदाँ यो गर्मीमा दोपट्टाले हावा हान्दै विद्युत मर्मत हुन्छ की भन्ने पर्खाइमा रहेको उनले बताइन । उनले भनिनन् बिहान १० बजे आएकी हुँ लेखा शाखामा लाइन छैन बिग्रेको छ भन्छन् निकै गाह्रो छ ।
उनी मात्रै हैनन् हिजो देखि नै बिभिन्न शीर्षकमा भुक्तनी लिन गएका सेवा ग्राहीले शाखामा विद्युत अवरुद्ध भएकै कारण सास्ती झेल्नु परेको छ ।
शाखामा बत्ती नहुदाँ बिहानै देखि काम गर्न नसकिएको लेखापाल जीवनराज न्यौपानेले बताए । उनले भने बिहानै देखि शाखामा लाइन नहुदाँ सेवा दिन सकिएको छैन । एमसिबि बिग्रीएको छ ,बन्ने बित्तीकै हामीले सेवा दिन्छौ ।
बारम्बार बत्ती जाने आउने कारणले नगरपालिकामा विद्युत सेवामा समस्या आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीले बताए । उनले भने अनिश्चित रुपमा बिद्युतमा काट्ने र छोड्ने गर्नाले एमसिबिमा समस्या आएको छ । अबको केही समयमा एमसिबी बन्छ र सेवा सुचारु हुन्छ ।
उता नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र लम्की आफ्नो गल्ती स्वीकार्न तयार छैन । कुनै समयमा मौसममा परिवर्तन भएको खण्डमा मात्र विद्युत अवरुद्ध हुने तर अन्य समयमा त्यस्तो नभएको बितरण केन्द्रका प्रमुख दीपक जोशीले बताए ।उनले भने मौषम खराब भए पनि मात्रै विद्युत काट्छौ कि त माथि सिस्टमले काट्ने हो अन्यथा यस्तो समस्या छैन । गर्मि मौसममा विद्युतको खपत बढि हुने हुँदा भोल्टेज कम भएर पनि यस्तो समस्या आउन सक्छ उनले भने ।

Latest समाचार