कैलालीको सब डिभिजन बन कार्यालय लम्कीमा ताला लगाइएको छ । राष्ट्रिय बनमा बिना इजाजत बन पैदावार ओसार पसार गरेको आरोपमा पक्राउ परेका अमरावती सामुदायिक बनका अध्यक्ष भक्त बहादुर विश्वकर्मालाई यथाशीघ्र छोड्न माग गर्दै उपभोक्ताहरूले प्रदर्शन गर्दै ताला लगाएका हुन ।
बिहीवार जानकी गाउँपालिका वडा न९ मा रहेको सामुदायिक बनको कार्यालय हाता भित्र काठ चिरी रहेको अवस्थामा डिभिजन बन कार्यालय पहलमानपुरबाट खटिएको टोलीले काठ सहित सामुदायिक बनका अध्यक्षलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका सामुदायिक बनका अध्यक्ष माथि अहिले अनुसन्धान जारी रहेको बनले बताएको छ ।
यता बिना कारण सामुदायिक बनका अध्यक्षलाई पक्राउ गरिएको भन्दै स्थानीय उपभोक्ता आक्रोशित भएका छन ।
धान रोप्ने समय लाग्दै गर्दा किसानलाई चाहिने हलोको डन्डाको लागि सामुदायिक बनको निर्णय अनुसार नै कार्य गरेको कार्य समितिका उपाध्यक्ष तेज बहादुर रावलले बताए । उनले भने अब धान रोप्ने सिजन सुरु भयो किसानलाई अनिवार्य रुपमा हलोको डन्डा चाहिन्छ । किसान हलोको डन्डा पाउँ भनि दिएको निवेदनको आधारमा कार्य समितिले निर्णय गरि यो काम गरेको हो ‘‘।
समितिमा यो विषयमा निर्णय हुनु भन्दा पहिला यसको प्रावधान के हुन्छ भनी सामुदायिक बनले सव डिभिजन बन कार्यालय लम्कीका प्रमुख सोम लाल घलान सँग परामर्श लगेको उपाध्यक्ष रावलले बताए । उनले भने हामीले यो विषयमा उहाँलाई सोध्दा उपभोक्ताका लागि चाहिने भए गर्नुस् नभि दिएको मौखिक जावफ लाई आधार मानेर काम गरेका हौ। अहिले कसैले पनि दुई जिब्रे व्यवहार नगर्न अनुरोध गर्दछु ।
शुक्रवार आक्रोशित उपभोक्ताहरूले सामुदायिक बनका अध्यक्षलाई याथाशिग्र रिहाई गर, किसानलाई चाहिने हरिश काठ फिर्ता गर,किसान मारा सरकार मुर्दावाद जस्ता नारा लगाउदै केही समय बनको कार्यालयमा ताला लगाएका थिए ।
सामुदायिक बनका अध्यक्षलाई नछोडे आन्दोलनलाई अझ शसक्त बनाउने उपभोक्ताले चेतावनी दिएका छन ।