कैलालीको अमरावती सामुदायिक बनका उपभोक्ताहरूले डिभिजन बन कार्यालय पहलमानपुरमा प्रदर्शन गरेका छन । आफ्ना पक्राउ परेका सामुदायिक बनका अध्यक्षलाई तत्काल रिहाइको माग गर्दै डिभिजन बन कार्यालयमा प्रदर्शन गरेका हुन । जानकी गाउँपालिका वडा नं. ९ मा रहेको अमरावती सामुदायिक बनका अध्यक्ष भक्त बहादुर बि.क लाई गत बिहीवार सामुदायिक बनको कार्यालय परिसरबाट किसानलाई कृषि औजार हलो बनाउने (हरिश) काठ चिरिरहे को अवस्थामा डिभिजन बन कार्यालयले पक्राउ गरेको थियो ।
उपभोक्ताहरूको आवश्यकता र सामुदायिक बनको निर्णयमा गरिएको कार्यलाई अवैधानिक भन्दै सामुदायिक बनका अध्यक्षलाई पक्राउ गरे पछि स्थानीय उपभोक्ताहरू आन्दोलित भएका छन । बरामद गरिएको काठ र अध्यक्षलाई रिहाइको माग गर्दै आन्दोलित उपभोक्ताहरूले शुक्रवार केही बेर सब–डिभिजन बन कार्यालय लम्कीमा प्रर्दशन सहित ताला लगाएका थिए भने आज डिभिजन बन कार्यालयमा प्रदर्शन गरेका हुन ।
प्रर्दशनमा सामुदायिक बनका अध्यक्षलाई तत्काल रिहाइ गर,हरिश काठ फिर्ता, किसानमारा स्थानीय सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।
कुनै गलत उदेश्यले गरेको काम नभए पनि प्रक्रिया नपुगाउदा अवैधानिक कार्य भए यस्तो समस्या आएको डिभिजन बन कार्यालय पहलमानका सहायक बन अधिकृत बिश्वराज पण्डितले. बताएका छन्।
यो विषयमा जति सक्दो चडो अनुसन्धानलाई टुंगो लगाउने जानकारी दिए।
पक्राउ परेका अध्यक्षलाई यथाशीघ्र बिना सर्त रिहाइ नगरे आन्दोलनलाई अझै सशक्त बनाउने उपभोक्ताहरूले चेतावनी दिएका छन् ।