१२ असार २०७९, आईतवार / Jun 26, 2022

मोहनलाल नगर उधान एक, दुई वर्षमा सम्पन्न गर्छु ; नगर प्रमुख शाही

मंगल बास्काेटे
३ असार २०७९, शुक्रबार ०९:४०
39 Views

अक्षर सारथी
कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले नगर उधान अबको एक दुई वर्षमा सञ्चालनमा आउने बताएकी छन् ।
बिहीवार मोहनलाल नगर उधान सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा आफ्नो प्रतिवद्वता भनाई राख्दै उनले सो कुरा बताएकी हुन् ।
’यस उधानका अध्यक्ष बखत विष्टले पार्क सञ्चालन आएमा ५० जनाले रोजगारी पाउने बताउनु भयो तर, म भन्छु दुई सय तीन सय पर्यटक आए भने पनि यहाँका पाँच सय जनाले रोजगारी पाउने छन् ।’ नगर प्रमुख शाहीले भनिन्, ’ यो पार्क सँगै अरु पर्यटकीय क्षेत्रहरूको विकास गरिने छ । यस नगर उधानको काम सञ्चालन भइरहेको हुँदा यसलाई प्राथमिकतामा राखेर संघ, प्रदेशबाट बजेट ल्याएर भए पनि अबको एक दुई÷वर्षमा पार्कलाई पूर्ण गर्ने छु ।’
त्यस्तै नगर प्रमुख शाहीले आफू नगरवासीको छोरी बुहारी भएको हुँदा सिकाउने दायित्व पनि नगरवासी भएको बताइन् । उनले भनिन् – ’ हामी अहिले भर्खर शिशु कक्षामा छौँ, सिक्ने क्रममा छौँ । सिक्न करिव १ वर्ष लाग्छ। यहाँहरुले हामीलाई जिताउनु त भयो, म यहाँहरूकै छोरी, बुहारी हुँ । मलाई सिकाउने दायित्व पनि यहाँहरुकै हो ।’
लम्कीचुहा वडा नं २ का अध्यक्ष सन्तोष कुमार ओलीले नगर उधान निर्माण गर्नको लागि आफूबाट हुन सक्ने सबै गर्ने बताए । ’हाम्रो वडामा निर्माण भइरहेको नगर उद्यानका लागि गर्नु पर्ने सबै काम गर्ने छु’ उनले भने ।
त्यसैगरी लम्कीचुहा वडा नं ५ की वडाअध्यक्ष माया बिष्टले नगर उधान संचालनमा आए नगरवासीको आय आर्जनमा वृद्धि हुने बताइन् ।
नगर उधानका अध्यक्ष बखत बहादुर बिष्टले नगर उधानको परिकल्पना निर्वतमान नगर प्रमुख महादेव बजगाईँले गरेको र, अब नगरपालिकाले आईई स्वीकृत गरि दिनु पर्ने बताए ।
’ एक कार्यक्रममा टीकापुर पार्कको चर्चा भएर लम्कीचुहाको पहिचान उझेलमा भएपछी ०७४ का निर्वाचित नगर प्रमुख महादेव बजगाईले मोहनलाल सामुदायिक वनलाई नेपालकै नमूना पार्कको बनाउने परिकल्पना गर्नुभएको थियो’ अध्यक्ष विष्टले भने, उहाँकै(महादेव बजगाई) परिकल्पनामा निर्माण भइरहेको पार्कमा बजेटको व्यवस्थापन पनि भएको थियो । कोभिडका कारण केही काम भए केही काम भएनन् । अहिले पर्यटन मन्त्रालयको बजेटबाट काम हुने पर्ने थियो तर, नगरपालिकामा आईईई स्वीकृत नहुँदा काम रोकिएको छ । नगरपालिकाले सो काम गरिदेओस् ।’
९२ करोड १४ लाख ८८ हजार पाँच सय ४१ रुपैयाँ तीन पैसा लागत अनुमान गरिएको पार्क निर्माण अवधि २० सम्म रहेको छ । ७३.३६ हेक्टरमा फैलिएको नगर उधानमा रुख माथिको आकाशे झोलुङ्गे पुल, जडिबुटी बगैंचा, पिकनिक स्पोट, खेल मैदान, ध्यान योगा केन्द्र, संग्राहलय, बोटिङ्ग गर्नको लागि क्यानल लगायतका संरचनाहरु निर्माण गरिने नगर उधानको डिपिआरमा उल्लेख छ ।

Latest समाचार