१५ असार २०७९, बुधबार / Jun 29, 2022

सहज युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम,३२ पिन्ट रगत संकलन

मंगल बास्काेटे
४ असार २०७९, शनिबार ०८:२२
16 Views

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ मा रहेको सहज युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । खेलकुद गतिबिधिका साथै बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको क्लबले आफ्नो सामाजिक उत्तरदायित्व भित्र रहेर शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान नै जिवन दान हो भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाले प्राबिधिक सहयोग गरेको थियो ।वडा नं.५ को चौंरी स्थित जन जागृति मा.बि को प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष पदम बहादुर तिरुवाले बताएका छन । रक्तदान कार्याक्रममा लम्कीचुहा नगरपालिका वडा नं.५ का माया बिष्ट,मोहनलाल नगर उद्यान सामुदायिक बनका अध्यक्ष बखत बहादुर बिष्ट लगायतको सहभागित रहेको थियो ।

Latest समाचार