१४ असार २०७९, मंगलवार / Jun 28, 2022

बालकल्याण मावि भुरुवाको कार्यालय तोडफोड गरि सामान चोरी 

मंगल बास्काेटे
७ असार २०७९, मंगलवार ०६:५६
13 Views

लम्की / असार ७
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा हिजो राती कार्यालय तोडफोड गरि विभिन्न सामानहरु चोरी भएको छ ।
राती करिब १/२ बजेको समयमा आएको अपराधिक समुहले विद्यालयमा जडान गरिएका सीसी टिभी क्यामेराहरु फुटाएर कार्यालयको ढोकामा लगाएको ताला तोडेर सामान चोरी गरेको विद्यालयका प्रधानाध्यापक रुपलाल जैशीले जानकारी दिनुभएको छ ।
अपराधिक समुहले अपराध चोरी पत्ता लगाउन नसकियोस भनेर विद्यालयमा जडान गरिएको CC TV Camera को NVR ( Networking Video Recorder) समेत चोरेर लिएका छन । उनीहरूले कार्यालय भित्र रहेका दराज, कम्प्युटर लगायतका सामाग्रीहरु समेत तोडफोड गरेका छन ।
कार्यालयबाट १ थान ल्यापटप समेत चोरी भएको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ ।
त्यसै गरि हिजो राती नै बिच भुरुवा ग्रामीण बिद्धुत सहकारी संस्था भुरुवाको कार्यालयमा समेत तोडफोड गरेका छन ।
विगत केही दिनदेखि यस क्षेत्रमा शृङ्खलाबद्द चोरी र तोडफोडका घटनाहरू भैरहेका छन ।
अस्ति राती मात्रै सरस्वती मावि भुरुवामा पनि अपराधिक समुहले तोडफोड गरि क्षती गरेको थियो ।

Latest समाचार