११ असार २०७९, शनिबार / Jun 25, 2022

लम्की बैैंकर्स क्लवको अध्यक्षमा खड्का चयन

मंगल बास्काेटे
७ असार २०७९, मंगलवार ०७:०१
28 Views

बैैंकर्स क्लव लम्कीको नयाँ कार्यसमिति चयन भएको छ । सोमवार लम्कीमा सम्पन्न क्लवको साधारणसभा बाट ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।सनराईज बैङ्क लम्कीका शाखा प्रमुख मातृका खड्काको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । क्लवको उपाध्यक्षमा एनआईसी एसिया बैङ्क लम्कीका शाखा प्रमुख लोक बहादुर बिष्ट र महालक्ष्मी विकाश बैङ्क लम्कीका शाखा प्रमुख शेर बहादुर बि.क. चयन हुनुभएको छ ।

सचिवमा कुमारी बैङ्क लिमिटेड लम्कीका शाखा प्रमुख पवन आचार्य , कोषाध्यक्षमा एनसिसि बैङ्क लम्कीका शाखा प्रमुख जिवनप्रसाद भट्ट चयन हुनुभएको छ ।

सदस्यहरुमा एनएमबि बैङ्क लम्कीका शाखा प्रमुख प्रकाशचन्द्र पन्त, एभरेष्ट बैङ्क लम्कीका शाखा प्रमुख शुभाष घिमिरे , नेपाल बैङ्क लिमिटेड लम्कीका शाखा प्रमुख मनोज कुमार निरौला , मुक्तिनाथ विकाश बैङ्क लम्कीका शाखा प्रमुख सोम बहादुर चौधरी ग्लोवल आइएमइ बैङ्क लम्कीका राम जैसि र राष्ट्रीय वाणिज्य बैङ्क लम्कीका शोभा कुमारी बुढा चयन हुनुभएको क्लवका नयाँ कार्यसमिति सचिव पवन आचार्यले जानकारी दिएका छन ।

Latest समाचार