लम्की–२४ माघ
कैलालीको एक विद्यालयका अध्यक्षले प्रधानाध्यापकलाई ७२ घण्टे स्पष्टीकरण सोधेका छन । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं। ४ कौवापुरका रहेको सरस्वती मावि का अध्यक्ष भरतराज जोशीले प्रधानाध्यापक मीनराज भाट सँग ७२ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
सरकारले गुणस्तरीय शिक्षाका लागि करोडौँ रकम शिक्षा क्षेत्रमा खर्च गरेको छ । विद्यालयमा नियमित पढाउनुको साटो विद्यालय बन्द छ भनेर गलत सूचना प्रवाह गरेकाले तपाई प्रधानाध्यापक लाई किन कारवाही नगर्ने भन्दै ७२ घण्टे अल्टिमेटम सहितको पत्र अध्यक्ष जोशीले प्रधानाध्यापक भाटलाई पत्र लेखेका छन ।
पत्रमा लेखिएको मिति २०८० माघ २२ गते लम्कीचुहा नगरपालिकामा २ दिने प्राधिकरण तालिममा काजगई मिति २०८० माघ २३ गते लम्कीचुहा नगरपालिकाका शिक्षा शाखा अधिकृतलाई कालोमोसो दलेको विषयलाई लिएर कानुनी उपचार गर्नुको सट्टा विद्यालय बन्द गर्नुको तात्पर्य के हो रु खुला रहेको विद्यालयलाई बन्द छ भनी गलत सूचना प्रवाह गर्नुको कारण के हो रु प्रधानाध्यापक भएर आमहडताल गर्नु हुदैन, नेपाल सरकार तथा विद्यालय व्यवस्थापन समितिको निर्णय विना विद्यालय बन्द गर्ने ज्ञान थियो कि थिएन रु तपाईंले शिक्षा नियमावलीको परिच्छेद १५ को धारा ८५ र परिच्छेदको धारा २२ को धारा १३३ को अ बमोजिम कार्य गरेको पाइएकोले तपाईँलाई परिच्छेद २३ को धारा १३५ बमोजिम किन कारबाही नगर्ने रु यदि कारबाही गर्न नपर्ने भए ७२ घण्टा भित्र स्पष्ट जवाफ सहित पेश गर्नुहुन अनुरोध गरिन्छ ।
लम्कीचुहा नगरपालिकाका शिक्षा शाखा अधिकृत गौरीकान्त न्यौपानेलाई कालो मोसो दलेको सम्बन्धमा माघ २३ गते मंगलबार सुरक्षाको माग गदै लम्कीचुहा नगरपालिका अन्तर्रगतका सबै विद्यालय बन्द गर्ने विद्यालयका प्रधानाध्यापकले निर्णय गरेका थिए । पालिका अन्तर्रगतका सबै विद्यालय बन्द गरेपनि लम्कीचुहा ४ कौवापुरका रहेको सरस्वती माध्यामिक विद्यालयले भने पठनपाठन खुला नै राखेको थियो ।