दार्चुलाका एक किशोर सम्पर्क विहिन

दार्चुला – २५ माघ दार्चुलाका एक किशोर एक हप्ता देखि सम्पर्क विहिन छन्।
गतहप्ता दार्चुलाको गोकुलेश्वर बाट धनगढी जान्छु भनी घरबाट निस्किएका शैल्यशिखर नगरपालिका –६ मिलिमिलि बस्ने धन सिंह रावलका छोरा १४ वर्षिय भुवन रावल सम्पर्क बिहिन भएका हुन्। दार्चुलाको गोकुले बजारबाट खोड्पे सम्म जिप र खोड्पेबाट अत्तरिया सम्म बसमा आएका रावल त्यसयता परिवारको सम्पर्कमा नआएको उनका दाइ वीर सिंह रावलले बताए।
एक हप्तादेखि रावल सम्पर्कमा नहुदा परिवारका सदस्य चिन्तित छ्न्। उनको खोजिको लागि दाइ वीर सिंह रावल सहयोग गर्न आग्रह गरेका छन्। कसैले भेटाएमा नजिकको प्रहरी कार्यालय वा ९८०५७७३४९१ र ९८४८९९४०७७ ,९८४८९९४०७७ मा सम्पर्क गर्न दाइ रावलले आग्रह गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *