काठमाडौं – २४ माघ
नापी कार्यालय कलंकी, काठमाडौंमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।
उनीहरुले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।