लम्की–२९ माघ
कैलालीमा खुल्ला फुटबल प्रतियोगिता २०८० हुने भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.१ राजिपुरमा राजिपुर स्पोर्टस क्लबको आयोजनामा फागुन १ गते देखि समता पाठशाला दोस्रो राजिपुर कप फुटबल प्रतियोगिता हुने भएको हो ।फुटबलको बिकास गरि युवालाई खेलकुदमा आकर्षित गराई लागुऔषध दुर्व्यसनी मुक्त समाज निर्माण गर्ने उदेश्य सहित आयोजना हुन लागेको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।प्रतियोगिताको प्रथम पुरस्कार रु ३५ हजार ३५ रुपैया मेडल,ट्रफी र प्रमाण पत्र र द्धितीय पुरस्कार १५ हजार १५ नगद सहित मेडल,ट्रफी र प्रमाण पत्र रहने आयोजक राजिपुर स्पोर्टस क्लबका अध्यक्ष महेश जैसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन । यस्तै प्लेयर अफ द म्याचलाई रु ५ सय ५, बेष्ट डिफेण्डर, बेष्ट किपर ,बेष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई रु १५ सय १५ दरले नगद पुरस्कार मेडल ट्रफी र प्रमाण प्रदान गरिने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु २५ सय २५ रुपैया मेडल ट्रफी र प्रमाण प्राप्त गर्ने छ । प्रतियोगिता सञ्चालनका लागि २ लाख ८२ हजार लागत लाग्ने छ भने प्रतियोगिताको मुख्य प्रयोजक समता पाठशाला राजीपुर रहेको छ ।
कैलालीमा समता पाठशाला दोस्रो राजिपुर कप फुटबल प्रतियोगिता हुदै
