लम्की –२९ माघ
जसको कोही छैन त्यसको हामी छौ समाज नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.८ को गप्कामा कार्यालयको उदघाटन गरिएको हो ।एक कार्यक्रमका बिच आइतबार लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशीला शाहीले कार्यालयको उद्घाटन गरेकी थिइन । कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख शाहीले निश्वार्थ रुपमा समाजसेवामा लागेकाहरूलाई आफ्नो सदैव साथ सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरिन् ।
। ‘‘ उनले भनिन् बर्दगोरिया गाउँपालिकामा बल बहादुर बिष्टले निस्वार्थ रुपमा साहारा घर सञ्चालन गर्दै मानसिक सन्तुलन गुमाएकाहरूको सेवा गर्दैछन्, मैले पनि लम्कीचुहा नगरपालिकामा त्यस्तै सेवा गर्ने संस्थाको स्थापना कसैले गरोस् भन्ने सोचेकी थिए सुरुवात भए पनि नेत्र भण्डारी गर्नु भएको छ यो असाध्यै राम्रो काम हो ’‘ । मानव सेवा गर्ने चाहना मेरो पनि हो तर समय व्यस्तताले सम्भब हुदैन उनले भनिन् त्यसैले यस्तो काममा नगरपालिकाबाट हुने सहयोग भरपुर हुन्छ’‘।
कोही पनि परिवार आर्थिक रुपमा भोकले नमरोस् भन्ने उद्देश्यले जसको कोही छैन त्यसको हामी छौ समाज नेपालको स्थापना गरेको अध्यक्ष नेत्र भण्डारीले बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा आर्थिक अभावमा भोकले कोही नमरोस् भन्ने उद्देश्य सहित यो अभियानलाई सञ्चालन गरेको थिए अध्यक्ष भण्डारी भने ‘‘अभियानलाई संस्थागत गर्दै अझै आर्थिक रुपमा विपन्न पिछडियो जनताहरूको मलम बन्ने सपना छ ’‘।
कार्यालय उद्घाटनको अवसरमा जसको कोही छैन त्यसको हामी छौ समाज नेपालका अध्यक्ष नेत्र भण्डारीले तीनवटा सामुदायिक विद्यालयका तीस जना विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री समेत सहयोग बितरण गरेका थिए ।