माओवादी केन्द्र र बिप्लव नेतृत्वको नेकपाले संयुक्त मनाए जनयुद्ध दिवस

लम्की– १ फागुन

२९ औ जनयुद्ध दिवसलाई नेकपा ( माओवादी केन्द्र ) र बिप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा मनाएका छन ।कैलालीको लम्कीमा दुई पार्टीका नेता कार्यकर्ताहरूले २९ जनयुद्ध दिवसलाई भव्यताका साथ संयुक्तरुपमा  मनाएका हुन ।


नेकपा ( माओवादी केन्द्र ) का लम्कीचुहा नगर कमिटी कार्यवाहक अध्यक्ष कमल बटालाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि बिप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो समस्या रङ्गनाथ ढकाल रहेको थिए ।कार्यक्रममा बोल्दै ढकालले माओवादीले सुरु गरेको दश वर्षे जनयुद्धकै कारण देशमा अहिलेको परिवर्तन सम्भव भएको बताए । उनले भने“ देशमा लोकतन्त्र, गणतन्त्र ,धर्मनिरपेक्षता ,सबै जाति र वर्गको समानुपातिक सहभागिता र देशमा नयाँ संविधान निर्माण जनयुद्धकै कारण सम्भव भएको हो ।”यदि जनयुद्ध नभएको भए अहिले पनि राजतन्त्र कायम हुने र सामन्ती शासकहरूको हातमै राज्य सत्ता हुने थियो ”।


कार्यक्रममा बोल्ने वक्ताहरूले जनयुद्ध र जनआन्दोलन बाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानमा उल्लेख भएका कुराहरू लागू गर्नसके मात्रै शहीदहरू को सपना पुरा हुने बताएका थिए । पार्टी टुटफुट नभई एक ढिक्का भएर अगाडि बढ्नुपर्ने कुरामा सम्पूर्ण ले जोड दिएका थिए ।
कार्यक्रममा दुवै पार्टीका नगर, जिल्ला प्रदेश र केन्द्रका प्रविधिहरूको सहभागिता रहेको थियो  भने कार्यक्रमको सञ्चालन नेकपा(माओवादी केन्द्र) लम्कीचुहा नगर कमिटी सचिव कमल भुलले गरेका थिए ।

माओवादी जनयुद्ध नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) र नेपाल सरकार बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो ।नेकपा –माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ यसको सुरुवात गरेको थियो। वि सं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे सँगै युद्ध समाप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *