लम्की–३ फागुन
कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना हुदा १० जनाको मृत्यृु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।
सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र ३० जना धाइते भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुष्टि गरे ।
घाईते मध्य ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।
काठमाडौ जादै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ ।