ललिता मलाती विश्वकर्मा
फागुन – १३ मुम्बई
नेपाल कम्युनिस्ट पार्टी (एमाले) एक मात्र नेपाली जनताको सच्चा प्रतिनिधि र देशको रक्षक भएको प्रवासी नेपाली संघ भारत केन्द्रीय समिति सदस्य महेन्द्र शाहीले बताएका छन ।भारतको मुम्बई महाराष्ट्र मा लम्की खबर सँग कुरा गर्दै केन्द्रीय सदस्य शाहीले नेकपा (एमाले) नेपाली जनताको एक मात्र सच्चा प्रतिनिधि तथा राष्ट्रको अग्रगमन र समृद्धिका निम्ति मुख्य राजनीतिक शक्तिले भएको बताएका हुन ।‘ जसले मार्क्सवादलेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गरिरहेको यो पार्टी लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिस्ट आन्दोलनको मूलधार हो उनले भने ।‘
सामाजिक – आर्थिक रूपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, खुल्ला प्रतिस्पर्धात्मक, आर्थिक रूपले समृद्ध र उच्चस्तरको संस्कृति युक्त नेपाली विशेषताको समाजवाद निर्माण गर्न नेकपा (एमाले) दृढ रूपले अघि बढिरहेको बताए ।
‘नागरिक स्वतन्त्रताको झण्डा उठाउँदै स्थापना भएको नेकपा (एमाले) ले राणा शासन , पञ्चायती तानाशाही र निरङ्कुश राजतन्त्र लगायत सबै अधिनायकवादी शासन व्यवस्था बिरुद्ध बलिदानी संघर्ष गरेको कुरा नेपाली जनताको सामु छर्लङ्ग छ । पार्टीले राजतन्त्रविरुद्ध संयुक्त जनआन्दोलनको नीति अगाडि सार्दै सबै लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गरि २०४६÷ सालको आन्दोलन पार्ने निर्णायक भूमिका खेलेको थियो उनले भने ।’
२०६२÷०६३÷को शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल बनाउन र पहिलो पहिलो संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पार्टीको अग्रणी भूमिका रहेको उनले बताए । संवैधानिक राजतन्त्रमा सीमित रहन चाहने नेपाली कांग्रेसलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपुर्याउन तथा हिंसात्मक बाटो र अधिनायकवादी चिन्तन बोकेको नेकपा (माओवादी) लाई शान्तिपूर्ण प्रतिस्पर्धा र लोकतन्त्रको बाटोमा सहमत गराउन पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको जिकिर गरे । लोकतन्त्र प्राप्तिका लागि मात्र होइन लोकतन्त्रलाई सामाजिक न्यायसँग आवद्ध गरेर सार्थक तुल्याउन पार्टीले निर्णायक भूमिका खेलेको थियो । यसरी आज नेकपा (एमाले) नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित भएको उनले विश्वास व्यक्त गरे ।