प्रवासी नेपाली संघ भारत कल्याण–डोम्बिवलीको तेस्रो नगर सम्मेलन सम्पन्न,गगन कार्कीको अध्यक्षमा २९ सदस्यीय समिति सर्वसम्मत चयन

ललिता मलाती
मुम्बई –१५फागुन
प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति कल्याण–डोम्बिवली नगर समितिको तेस्रो नगर सम्मेलन बिबिध सांस्कृतिक कार्यक्रम बिच सम्पन्न भएको छ । गगन कार्की अध्यक्ष रहने गरि २९ सदस्यीय नयाँ नगर समिति चयन गर्दै तेस्रो नगर सम्मेलन सम्पन्न भएको हो ।
कल्याण–डोम्बिवली नगर समितिका संयोजक मान बहादुर कार्की को अध्यक्षतामा आयोजित नगर सम्मेलनका प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य तथा महाराष्ट्र राज्य इन्चार्ज भिम खड्का रहेका थिए । कार्यक्रमको बिशिष्ट अतिथिमा प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य तथा गुजरात राज्य इन्चार्ज टेक रावल(भीजन) अतिथिमा प्रवासी नेपाली संघ भारत केन्द्रीय सदस्य तथा महाराष्ट्र राज्य समिति प्रचार प्रसार विभाग मनिटर महेन्द्र शाही ( एमपी ), प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिका अध्यक्ष जनक खड्का, प्रवासी नेपाली संघ भारत केन्द्रीय सांस्कृतिक विभाग सचिव लोकेश बडुवाल,प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य सचिवालय सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख पदम कार्की,संघकै महाराष्ट्र राज्य सचिवालय सदस्य रण वहादुर शाही, महाराष्ट्र राज्य सदस्य तथा प्रचार प्रसार बिभाग सचिव अमर बहादुर चन्द, महाराष्ट्र राज्य सदस्य इन्द्र कार्की, महाराष्ट्र राज्य सदस्य बुद्ध मल्ल, महाराष्ट्र राज्य सदस्य मोहन मल्ल, महाराष्ट्र राज्य सदस्य सहदेव आउजी, नेपाली जनसंपर्क समिती भारतका केन्द्रीय खेलकुद बिभाग सचिव गोविन्द थापा, अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य टेकराज गिरी, राष्ट्रिय स्वतन्त्र पार्टी निकट महाराष्ट्र राज्य सम्पर्क विभागका सभापति राज रोकाया,मालिका टेलिभिजन कि प्रस्तोता ललिता मालती, पत्रकार निसल बिक, कालीकोट खबरका पत्रकार शुवास शाही, प्रनेसंघ भारत महाराष्ट्र राज्य सांस्कृतिक विभाग सदस्यहरु क्रमशः कुसुम भट्ट, शारदा कार्की र गायत्री पुरी नेकपा एमाले आठबिस नगरपालीका वडा नम्बर चारका सचिव हरि माझी आठबिर नगर कार्यपालिका पुर्व सदस्य जौकला बिक, लगायतका रहेका थिए ।

तेस्रो नगर सम्मेलनलाई लाई सम्बोधन गर्दै प्रमुख अतिथि भीम खड्काले विचार र दृष्ठिकोणका हिसाबले हाम्रो गौरवशाली संगठन भारत प्रवासमा सबै भन्दा अग्रस्थानमा रहेको बताए ।यसलाई युग सापेक्ष हिसाबले संचालन गर्दै निरन्तर अगाडी बढाउन सक्रियताका साथ लाग्नु पर्ने कुरामा जोड दिदै उनले भने नवनिर्वाचित समिति लाई हार्दिक बधाई ज्ञापन सहित संगठनको विकास र विस्तारमा निरन्तर सक्रिय हुन कार्यकर्ता लाई अनुरोध गर्दछु ।

त्यस्तै विशिष्ट अतिथि टेक रावल भीजनले आम प्रवासी नेपालीका समस्या उजागर गर्दै समाधान गर्ने र प्रवासी नेपाली संघ भारत लाई थप उचाईमा पु¥याउने फराकिलो लक्ष्यका साथ आफु निरन्तर अगाडी बढेको बताए ।हरेक प्रवासी नेपालीले प्रवासी नेपाली संघ भारतको झण्डा मुनी आबद्ध हुन जोडदार आग्रह गरे ।
अतिथि महेन्द्र शाही ( एमपी ) ले छोटो समयमा तेस्रो नगर सम्मेलन सम्पन्न गर्ने आयोजक टिम लाई विशेष धन्यवाद दिदै आगामी दिनमा अझै सक्रिय हुन आव्हान गरे।

नेपालका प्रदेश सरकारहरु भष्ट्रचारका अखाडा भएको प्रवासी नेपाली संघ भारत केन्द्रीय सदस्य तथा महाराष्ट्र राज्य समिति प्रचार प्रसार विभाग मनिटर महेन्द्र शाही (एमपी)ले बताए । जब सम्म प्रदेश संरचना खारेज हुदैन तब सम्म देश सम्बृद्ध हुन्छ भन्ने कुरा कल्पना मात्र सिमित हुने उनले बताए ।

कार्यक्रममा बोल्दै संघ राज्य अध्यक्ष जनक खड्काले महाराष्ट्र राज्यले गरेका कार्यहरूका बारेमा प्रष्ट पारेका थिए ।राज्य अन्तर्गतका नगर समिति लाई नमुना नगर बनाउन निर्देश गर्दै नगर समितिको कार्यमा सहयोगका लागि आफू जुनसुकै समयमा पनि उपस्थिति रहने विश्वास व्यक्त गरे ।

सम्मेलनले गगन कार्की अध्यक्षको अध्यक्षतामा २९ सदस्यीय प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तर्गत पर्ने कल्याण–डोम्बिवलीको नयाँ नगर समिति सर्वसम्मतले चयन गरेको छ । जसमाको उपाध्यक्षमा उपाध्यक्ष नर पुरी सचिवमा बिनोद जैशी उपसचिव सिता कार्की बोहोरा उपसचिव कपिल बि.क आर्थिक बिभाग प्रमुख एकेन्द कार्की चयन भएका छन ।

सदस्यहरुमा धिरज कार्की,भरत बडुवाल,बलसिङ कार्की,धनराज बिष्ट,शिवराज जैसी, छत्र खड्का,रमेश कार्की,बिमला कार्की,गंगा खड्का,दिर्घ बडुवाल,जनक बिक,मिना कार्की, नगेन्द्र कार्की,नगेन्द्र खड्का,लोकेश बिक,जनक कार्की, अनु हमाल,नन्दा थापा,सर्जन भण्डारी,मदन कार्की,तिलक बडुवाल, सर्जन बडुवाल,दिपेन्द्र कार्की चयन भएका छन ।
कार्यक्रममका बिच पदम कार्की प्रमुख रहने गरि पाँच सदस्यीय सल्लाहकार सल्लाहकार समिति समेत चयन भएको छ । जसको सदस्यमा मान बहादुर कार्की ,अर्जुन बडुवाल, गायत्री पुरी र सारदा कार्की रहेका छन ।
उपसंयोजक एकेन्द्र कार्कीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन ईन्द्र कार्कीले बताए थिए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति नृत्य,देउडा, हुड्केउली नृत्य रहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *