गोजुरियो कराते डु मार्सल आर्ट एसोसियसन को २८ औ वार्षिकोत्सव मुम्बईमा सम्पन्न

ललिता मलाती
मुम्बई –१६ फागुन
गोजुरियो कराते डु मार्सल आर्ट एसोसियसन को २८ औ वार्षिकोत्सव मुम्बईमा सम्पन्न भएको छ । विगत लामो समय देखि भारतमा स्वस्थ र सक्षम खेलाडी उत्पादनमा तल्लीन रहेको गोजुरियो कराते डु मार्सल आर्ट एसोसियसन को २८ औ वार्षिकोत्सव मुम्बई महाराष्ट्र को पालघर जिल्ला विरारमा सम्पन्न भएको हो ।


कराते मार्सलआर्ट विधामा पर्ने खेल भएको र यसले आत्मरक्षा , अनुशासन र एउटा मानिसलाई स्वस्थ तन्दुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने एसोसिएसनका संस्थापक सेंनसाइ प्रेम खड्काले बताए ।। सुरुवातमा आत्मरक्षाबाट सुरु भएको यो कलाले बिस्तारै खेलको रूप लिएको उनले बताए । गोजुरिजु कराते डु मार्सल आर्ट एसोसियसन सफल बनाउनका निमित्त अभिभावक ,सहपाठी र अग्रजहरूको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।उनले एसोसिएसन स्थापना गरे देखि अहिले सम्म थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरूलाई स्थापित गराइ सकेका छन ।


कार्यक्रममा आयोजक टिम सेनसाइ राम प्रसाद करौते, सेनसाइ,शंकर विश्वकर्मा, सेनसाइ सुनिल राइ , सेनसाइ बलराल जेना, सेनसाइ आशिष खड्का, सेनसाइ खेम जर्गा, सेनसाइ सुबरोत कोटिया, सेनसाइ परशुराम कुम्भार, सेनसाइ किरण खोत,लम्की खबरका भारत समाचार प्रमुख ललिता मलाती,निश्चल बिश्वकर्मा र सेनसाइ अतुल शुखे लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *