ललिता मलाती
मुम्बई – १६ फागुन
प्रवासी नेपाली संघ भारत आन्द्रा– तेलङ्गना संयुक्त राज्य समितिकोको अध्यक्षमा गोविन्द साउद चयन भएका छन । राज्य समितिको १२ औ अधिवेशनबाट गोविन्द साउद सर्वसम्मत चयन भएका हुन । साउदको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको प्रवासी नेपाली संघ भारत केन्द्रीय सदस्य तथा महाराष्ट्र राज्य समिति प्रचार प्रसार विभाग मनिटर महेन्द्र शाही (एमपी)ले जानकारी दिएका छन ।
अध्यक्षमा गोविन्द साउद, उपाध्यक्षमा देविराम बजगाईं, सचिव मा राजकुमार रायमाझी ,उपसचिवमा विष्णु थापा ,आर्थिक विभागमा निर्प भण्डारी सर्वसम्मत चयन भएका हुन । सदस्यहरूमा थानेश्वर शर्मा,कलम जनाला,हर्क बि क, श्याम थापा ,राम प्रसाद बजगाईं ,टेक बहादुर चलाउने, कपिल टमट्टा,माया थापा,उज्जाला वि क, भजन बेडेला, हरि जैशी लगायतका रहेका छन ।
सुरक्षा ,सम्मान र सहभागिताका लागि प्रवास बाट आन्दोलन ,पुँजी, प्रविधि, सीप र ज्ञान स्वदेश भित्र्याउने हाम्रो अभियान भन्ने मुल नाराका सञ्चालन भएको १२ औ अधिवेशनका प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष नारायण प्रसाद होमगाई रहेका थिए ।विशिष्ट अतिथिमा संघका केन्द्रीय सचिव डम्वर रावल रहनु अतिथिहरूमा केन्द्रीय सदस्य देवराज खतिवडा,दिपक कुँवर, नारायण शर्मा, डाक्टर भण्डारी लगायतका रहेका थिए ।
प्रवासी नेपाली संघ भारतको विधानमा नगर समितिका अध्यक्षहरू राज्य समितिको पदेन सदस्य रहने व्यवस्था बमोजिम पूर्वी हैदराबाद ए नगर समिति बाट पदम थापा, पूर्वी हैदराबाद, बि नगर समितिबाट नर बहादुर साउद मध्य हैदराबाद नगर समिति बाट सर्जन जनाला, उत्तर हैदराबाद नगर समिति बाट नर बहादुर बिक, दक्षिण हैदराबाद नगर समिति बाट प्रजा बिक, विजयावाडा नगर समिति बाट पूर्ण उपाध्याय, सिकन्द्राबाद नगर समितिबाट ध्वज वि क राज्य पदेन सदस्यको रूपमा रहेका छन ।नवनिर्वाचित कार्यसमितिलाई सोही दिन पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको थियो ।