ललिता मलाती
मूम्बई –१८ फागुन
सुदूरपश्चिम अछामका अर्जुन बिक्रम शाही इलाम –२ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन लड्ने भएका छन । प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनपश्चात् सो क्षेत्र सांसद विहीन रहेको छ । सांसद छान्न आगामी वैशाख १५ गते हुने –निर्वाचनमा २६ बर्षिया युवा व्यवसायी अर्जुन बिक्रम शाही स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधि सभा सदस्य पदमा लड्ने भएका हुन ।
विज्ञान र कानुनमा स्नातक ,अन्तर्राष्ट्रिय कुटनीतिमा स्नातकोत्तर गरेका शाही ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक हुन ।सेयर मार्केटका विषयमा आफू राम्रो जानकार भएको हुँदा नेपालको सेयर मार्केट भित्र हुने गरेका बेथिति, राजनीति र माफियाहरूको विरुद्ध मा सडक र सदनमा आफ्नो आवाज निरन्तर राख्ने उनले प्रतिबद्धता गरेका छन । लगानी कर्ताहरू प्रतिनिधित्व गर्ने व्यक्ति संसद्मा पायौ भने त्यो हाम्रो लागि खुसीको कुरा हुने उनले बताए । त्यसैले वैशाख १५ गते हुने उप – निर्वाचनमा अमूल्य मत दिएर बिजयी गराइ दिन उनले अपिल गरेका छन ।हाल उनि काठमाण्डौमा बस्दै आएका छन ।