भारतको ठानामा बसबाट हामफाल्दा एक नेपाली गम्भिर घाइते

ललिता मलाती
मुम्बई –१९ फागुन
नेपालबाट भारतको महाराष्ट्र स्थित मुम्बईमा आँउदै गरेका एक नेपाली बसबाट हाम फलेर गम्भिर घाइते भएका छन । आफ्नो नाम खडक सुनार बताउने अन्दाजी ४५ बर्षिया उनले मुम्बई ठानामा चल्दै गरेको बसबाट हाम फाल्दा गम्भिर घाईते भएका हुन । बसबाट हाम फालेर गम्भिर घाईते भएका उनको पनवेल स्थित एमजीएममा उपचार भइरहेको छ । नेपाल घर काहा हो  बसबाट किन हाम फलेका थिए ? भन्ने पूर्ण विवरण भने प्राप्त भएको छैन । अहिले उनको साथमा कोही पनि आफन्त नभएको हुँदा उनले चिन्नु हुने जोकोहीले ९१३६८५३९६ मा  सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *