गिता गड्तोला
लम्की–२४ फागुन
मौखिक रूपमा भनिने“ जहाँ नारिको पुजा हुन्छ त्यहाँ देवता रमाउछन“भन्ने समाजमा बसोबास गर्ने हामीले हाम्रो नेपाली समाजमा महिलालाई भने पुरुष समान व्यवहारमा समानता गर्न सकेका छैनौ ।दिनहुँ महिला उत्पिडन,महिला शोषण ,दुर्ववहार र बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु घटिरहेको सुनिन्छन।फितलो कानुन कार्यन्वयनका कारण गर्भावस्थादेखि मृत्यु संस्कारसम्म जीवन पर्यन्त भेदभाव ,अपहेलना र विभिन्न बहानामा भइ नै रहेको छ ।
महिलालाई स्वतन्त्रपुर्बक आफ्नो आफू खुसी चाहेका राम्रो काम गर्न पाउने वातावरण यो वा त्यो बहानामा नेपाली समाजले अहिलेसम्म खुल्ला हृदयका साथ स्वीकार गर्न सकेको छैन। एक्काइसौं शताब्दीको चमत्कारिक युगमा जहाँ सूचना र प्रविधिको विकासले विश्व भुमण्डलिकरणले विश्वलाई एक घरको भान दिलाउने बिज्ञान र प्रविधिले चमत्कार गरिसकेको छ ।यस युगमा समेत विभेदपुर्ण फितलो कानुन, पृतिसतात्मक सोच, गरिबी , अशिक्षाले गर्दा यौन दुब्र्यवहार,जबर्जस्तीकरणी, एसिड प्रहार, दाइजो प्रथा, घरेलु हिंसा जस्ता विभिन्न राजनीति ,सामाजिक मनोबैज्ञानिक रूपमा गरिने हिंसा रोकिएका छैनन्।हिंसाको रुप फेरिएका छन, भुसको आगोसरि दन्कीरहेको छ।जसलाई निभाउन कोसिस गरिए तापनि बलियो तरिकाले सल्कीरहेको छ।जसका कारण अमानवीय व्यवहार सहेर,भोगेर बस्न बाध्य छन महिला ।
नारी र पुरुष एक रथका दुई पाङ्गग्रा र एक सिक्काको दुई पाटाको रूपमा महिलालाई पुरुष समान भनि भाषणमा आवाज उठाए पनि व्यवहारमा भने पन्चर भएको टाएर नै ठिक छ बरु घिसारेरै भएपनि हिड्नुपर्छ भन्ने सोचले सो दर्जा दिन सकेको छैन।।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कुनै उत्सव नभइ उत्पीडित महिलाको लैङ्िगक हिंसा विरुद्धको बुलन्द आवाज हो,जसलाई प्रत्येक वर्ष मार्च ८, मा विश्वभर मनाइन्छ ।ठुल्ठुला मन्च व्यवस्थापन ,अन्तर्राष्ट्रिय स्तरका उदाहरण सहितका भाषण दिएर वर्षको एक दिन मात्र मन्च केन्द्रित भइ रहदा मात्रै लाखौं भुइँमान्छे( नेपाली महिला)जो च्यात्तिएको चोलिका कारण कार्यक्रम स्थलसम्म आउन सक्दैनन् ,न त तिनको जीवन शैली फेरिन्छ न त तिनले लैङ्िगक हिंसाको विरुद्धमा आवाज उठाउन सक्ने सामर्थ्य नै राख्छन् ।त्यसकारण नेपाली समाजमा बिकट गाउँबस्ती,सोझासिधा महिला दिदिबहिनीसम्म नारी दिवसको अर्थ,महत्त्व र परिभाषा झल्काउन सकेमा मात्र यस ८ मार्चको कार्यक्रमले सार्थकता पाउछ।अधिकारको गलत प्रयोग गर्ने महिलाहरुलाइ सावधान बनाउने र आवाज ओझेलमा परेका महिलाहरुलाई भय रहित वातावरणमा जीवन निर्वाह गर्न सक्ने अवस्थाको सृजना गर्नु यस दिवसको परिलक्ष्य हुनुपर्छ।श्रम समानताको सवालबाट सुरु भएको भए तापनि हाल महिला शसक्तिकरण , समानता ,महिला अधिकार अन्तर्गत सामाजिक आर्थिक र राजनीतिक सवाल तथा बहसहरु अन्तर्राष्ट्रिय महिला दिवसका पेचिलो रूपमा उठ्ने गरेका बिषयहरु हुन ।
महिला हिंसा हटेको वा घटेको होईन ,हिंसाको रुप मात्र फेरिएको छ ।घरायसी कामकारबाहीका सवालमा परापुर्वकालदेखि नै एकलौटी ठेक्का दिएको र लिएको भान छ समाजलाई ।यो फेरबदल गरिनु हुदैन भन्ने जगडिएको सोचका कारण संघसंगठन, नोकरी ,सामाजिक र राजनीतिक जिम्मेवारी पुरा गरेर भएपनी ठेक्का समाल्नुपर्ने सामाजिक व्यवहारले महिलालाई थप बोझिलो भारी बोकाएको छ ।
तसर्थ ,महिला र पुरुष बिचको समानता र सह अस्तित्वको लागि संघसंगठन,सस्था,सामाजिक अगुवाहरु , राजनीतिक दल , कानुन कार्यन्वयन गर्ने निकाय , विभिन्न तहका सरकार लगाएत सरोकारवालाहरुले व्यवहारिक कार्यन्वयनको पाटो मजबुत बनाउनुपर्ने अत्यन्तै जरुरी देखिन्छ ।
(गड्तोला महिला बिकास संजाल लम्कीचुहा अध्यक्ष हुन् )