लम्की-३ चैत्र
कैलालीकाे चिसापानी स्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएकाे हप्ता दिन नबित्दै साेही प्रकृतिकाे घटना भएकाे छ ।जिल्लाको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुर मुडामा गुड्दै गरेको ट्रकमा आगलागी भएको हो ।
शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बिरगंजबाट धनगढी जादै गरेको लाइटर, औषधि र खुर्सानी बोकेको प्र.३००१ ख. ००१२ नम्बरको ट्रकमा आगलागी भएको प्रहरी जनाएको छ ।

इलाका प्रहरी कार्यालय बौनिया प्रमुख प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएकाे प्रहरी टाेली, घाेडाघाेडी नगरपालिक र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलको सहायताले आगो नियन्त्रणमा आएको हो ।आगलागी कसरी भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।