लम्की–२२ चैत्र
कैलालीको लम्कीटीकापुर सडक खण्डमा सडक दुर्घटनामा परि मृत्यु भएका ठक्कर दिने सावरीको पहिचान भएको छ । बुधवार बिहान ५ बजे जानकी गाउँपालिका वडा नं.५ पथरैया कर्णाली क्रसर नजिकै सावरीले किचेको अवस्थामा मोहन्याल गाउँपालिका वडा नं.६ का ३७ बर्षिया महेन्द्र बि.क मृत फेला परेका थिए । घटना भएको झण्डै ३० घण्टा पछि से १ख १९३१ नम्बरको टिप्पर र ४७ बर्षिया चालक रामस्वरुप चौधरीलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।
मंगलवार राती करिब साडे १० बजे तिर टिप्परले मृतक बि.कलाई किचेको प्रहरीले जानकारी भएको छ । घटना कसरी भएको थियो भन्ने बिषयामा अझै सोधपुछ मै रहेको प्रहरीले बताएको छ । टिप्पर जैगडी क्रसर उद्योगमा चल्ने जानकी गाउँपालिका वडा नं.८ जवलपुरका लोक बहादुर बडुवालको रहको बुझिएको छ ।