लम्कीचुहा नगरपालिका वडा नं. २ द्धारा एचआइभी संक्रमितहरूलाई खाद्यान्न सहयोग

लम्की –१७ बैशाख
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. २ ले एचआइभी संक्रमित हरूलाई खाद्यान्न सहयोग गरेको छ । चालु आर्थिक वर्षमा बिनियोजित बजेटबाट संक्रमित हरूलाई एक कार्यक्रमका बिच खाद्यान्न सहयोग गरिएको हो । संक्रमित हरूको माग अनुसार चामल ,दाल ,तेल ,नुन लगायतका सामाग्री बितरण गरिएको वडाअध्यक्ष सन्तोष कुमार ओलीले बताए । ‘‘उनले भने यो सहयोग मात्र अन्तिम हैन, अन्य कुनै पनि समस्या परेको खण्डमा निर्धक्क वडा कार्यालय सम्म पुगे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’’ ।
वडाले खाद्यान्न सहयोग गर्दा निकै राहत महसुस भएको नवजीवन एकता समाजका समाजिक परिचालक तारा प्रसाद ढकालले बताए । धेरैको घरमा छाक टार्न एकमाना चामल छैन ढकालले भने‘‘ धेरै एकल महिला र पुरुष अनाथ बालबालिकाहरू छन । थोरै भए पनि वडाबाट आएको सहयोगले केही दिन सहज हुने उनले बताए। ’’
वडा नं.२ मा मात्रै ५० जना भन्दा बढि एचआइभी संक्रमितहरू छन । सबै जसो नेपालमा नभएका कारण १३ जनालाई पनि खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *