लम्की –१६ जेठ
लगातार गर्मी बढ्दै जान थाले पनि कैलालीको लम्कीचुहा नगरपालिकाले चार दिन दिएको छ ।
गर्मीले जनजिवन प्रभावित हुन थाले पछि चारदिनका लागि जेठ २१ गते सम्म नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई गर्मी बिदा दिएको हो ।
अहिले दिएको बिदालाई बर्खे बिदामा कट्टा हुने बिदा दिएको नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । केही दिन देखि लगातर बढ्दै गएको गर्मीका कारण जनजिवन निकै कष्टकर बन्दै गएको छ भने स्कुले बालबालिका अझै बढि प्रभावित बनेका छन ।