लम्कीचुहाका पदाधिकारीको सुविधामा १ करोड १५ लाख, विकास निर्माणमा न्यून खर्च

लम्की–२८ जे

कैलालीको लम्कीचुहा नगरपालिकाका पदाधिकारीको सुविधामा १ करोड १५ लाख ७५ हजार ६ सय रुपैयाँ खर्च भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लम्कीचुहा नगरपालिकाको लेखा परीक्षणको अन्तिम प्रतिवेदन २०७९÷८० मा उक्त रकम खर्च भएको पाइएको हो ।


प्रतिवेदनमा भनिएको छ ‘यसवर्ष पदाधिकारी सुविधामा १ करोड १५ लाख ७५ हजार ६ सय खर्च भएको छ जुन आन्तरिक आयको १४ प्रतिशत रहेको छ । पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६५ प्रतिशत चालु र ३५ प्रतिशतमात्र पूँजीगत निर्माणमा खर्च भएको देखिन्छ ।’ त्यस्तै प्रतिवेदनमा यसबाट पालिकाले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्युन खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको देखिन्छ । प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिकतमरूपमा विकास निर्माणमा परिचालन गरिनु पर्ने महालेखाले औंल्याएको छ ।
जबकि हाल निर्वाचित भएर आएका ‘केही’ जनप्रतिनिधिहरूले आफू निर्वाचित भएको अवस्थामा पालिकाबाट प्राप्त हुने कुनै सेवा सुविधा नलिने भन्दै जनतासँग भोट मागेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *