कैलालीमा भन्सार छलीगर्दै ल्याएका ३ लाख बढिका कपडा बरामद

लम्की –४ असार
कैलालीमा भन्सार छलीगर्दै ल्याएका ३ लाख बढिका कपडाहरू प्रहरीले बरामद गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका  वडा नं.१ राजीपुर को भित्री सडक खण्डबाट बिभिन्न किसिमका बेवारिसे कपडाहरू प्रहरीले बरामद गरेको हो ।

 सोमवार विशेष सूचनाको आधारमा प्रहरी नायब निरीक्षक योगेश बहादुर पालको कमान्डमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले ३ लाख ३८ हजार ७ सय ३० रुपैयाँ बराबरको सरसामान ( म्याक्सी ,ब्लाउजको कपडा र गम्छा ) बरामद गरेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ। बरामद गरेको सामानमा लाई सत्ती भन्सार कार्यालय पठाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख कान्तीराज जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *