लम्की-६ असार
नेकपा(एस) द्वारा केन्द्रीय महाधिवेशनका प्रतिनिधि छनौ
नेकपा(एकीकृत समाजवादी) को काठमाडौंंमा हुन गइरहेको केन्द्रीय महाधिवेशनका लागि कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि छनोट गरिएको छ ।
५ जनालाई सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।
खुल्लातर्फ ३, महिलातर्फ १ र दलिततर्फबाट १ जना छनोट गरिएको निर्वाचन समितिले जनाएको छ ।
खुल्लातर्फमा कर्ण प्रसाद जैशी, लोकराज तिमिल्सिना, पूर्ण विष्ट, महिलातर्फ जानकी ढुङ्गाना र दलिततर्फ भुपेन्द्र बि.क. लाई सर्वसम्मतरुपमा चयन भएका हुन् ।
उनीहरुले यही असार १६ गते हुने १० औं केन्द्रीय महाधिवेशनमा सहभागी हुने छन्