लम्की–११ साउन
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.३ ले शुक्रवार बल्चौरका ८ जना विपन्न जनालाई ग्यास चुल्हो सहित खाना पकाउने भाडा बितरण गरेको छ ।यस अघि नै स्वस्थकर खाना बनाउने तालिम प्रदान गरेको वडाले व्यवसाय सञ्चालनका लागि ग्यास चुल्हो सहित खाना बनाउने भाडा वितरण गरेको हो ।
व्यावसायिक रुपमा होटल सञ्चालन गर्नु सकुन् भन्ने उद्देश्य सहित मम,चाउमिन,खाना,मासु,मिठाइ लगायतका स्वस्थकर खाना बनाउने तालिम तयार नेपालको सहकार्यमा वडाले प्रदान गरिसकेको थियो । तालिम प्राप्त गरि सक्षम भएका ८ जनालाई व्यावसायिक होटल सञ्चालन गर्न सजिलो होस भन्ने उद्देश्य सहित ग्यास चुल्हो र खाना पकाउने भाडा बितरण गरेको वडा अध्यक्ष लब बहादुर शाहीले बताए ।
नागरिकलाई बिभिन्न व्यवसाय सम्बन्धी व्यावसायिक तालिम प्रदान गर्दै स्वरोजगार बनाउने वडाको कार्ययोजना नै रहेको उनले जोड दिए ।
लाभग्राहीहरू वडाको यो काम प्रति निकै खुसी भएका छन । यसले व्यावसायिक रुपमा होटल सञ्चालन गर्न सजिलो हुने उनीहरूले बताएका छन ।