बेथलेहेम ख्रीष्टे चर्चले ल्यायो एक बिपन्न परिवारलाई खानेपानीको पहँचमा

लम्की–१२ साउन
कैलालीमा अति विपन्न एक परिवारलाई चर्चले खानेपानीको पहुँचमा ल्याएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.५मा रहेको बेथलेहम ख्रीष्टे चर्चले स्थानीय अर्जन बुसालको परिवारलाई खानेपानीको पहुँचमा ल्याएको हो ।
सानो झुप्रोमा सहयोगबाटै साँझ बिहानको छाक टार्दै बसिरहेका अर्जुन बुसालको परिवारका लागि खानेपानीको श्रोत भनेको छिमेकीहरूको नल्का हो । केही समय जसोतसो छिमेकीले पानी दिए पनि अहिले भने क्रिष्टेन भएकै कारण खानेपानीबाट बञ्चित हुनु पर्ने अवस्था सिर्जना भएको थियो ।

चर्चले घर छेउमै नल्का ठोकेर खानेपानीको ब्यवस्था मिलाई दिए पछि उनीहरू निकै खुसी भएका छन । अर्जुन बुसाल एचआइभी सङ्क्रमित र मानसिक रोगी हुन । उनको स्याहार सुसार उनको श्रीमतीले गरिराखेकी छन ।अर्जुन बुसालकी श्रीमती पनसरा भन्छिन् खाना सँगै पानीको पनि निकै अभाव थियो ।हाम्रो पीडा बुझेर चर्चले नल्काको ब्यवस्था गरिदिँदा हामी निकै खुसी छौ र चर्चलाई धन्यवाद दिन्छौ ।

सामाजिक उत्तरदायित्व अन्तरगत रहेर सहयोग गरेको बेथलेहम ख्रीष्टे चर्चका पास्टर युवराज एसके ले बताए । नल्काको सामान खरिद र ठोकाइ गरि जम्मा बिस हजार बराबरको सहयोग गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *