औषधि व्यवस्था विभाग नेपालगञ्जद्वारा कैलालीका ५ औषधि पसलमा सिलबन्दी

लम्की –०९ भदौ
औषधि व्यवस्था विभाग नेपालगञ्जले कैलालीका ५ औषधि पसलमा सिलबन्दी गरेको छ। कैलालीका विभिन्न स्थानका औषधि पसलहरूको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालनमा रहेका औषधि पसलहरूमा सिलबन्दी गरिएको हो।
सिलबन्दी हुनेमा बर्दगोरिया गाउँपालिका २ बौनियामा हिरा प्रसाद चौधरीले सञ्चालन गरेको डायमन्ड हेल्थ क्लिनिक ,गोदावरी नगरपालिका ८ स्याउलेमा मकर बहादुर खड्काले सञ्चालन गरेको श्री शाजेन्द्रस्वर स्वास्थ्य क्लिनिक , धनगढी उपमहा नगरपालिका ११ स्थित कृष्ण चौधरीले सञ्चालन गरेको रविना हेल्थ क्लिनिक ,वडा नं.५ स्थित विमला साउँदले सञ्चालन गरेको एम.बि. हेल्थ क्लिनिक र वडा नं.६ स्थित प्रकाश चौधरीले सञ्चालन गरेको सेती महाकाली आयुर्वेद औषधालयमा सिलबन्दी गरिएको विभागका फार्मेसी अधिकृत दिपेन्द्र कुमार साहले जानकारी दिए।
सिलबन्दी गरिएका क्लिनिकहरू बिना दर्ता सञ्चालित थिए भने आयुर्वेद औषधालयमा आयुर्वेद प्रणालीमा दर्ता गरि एलोप्याथिक औषधीहरू बिक्री बितरण गरिएको थियो । औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी अधिकृत दिपेन्द्र कुमार साहको नेतृत्वमा भदौ ६ गते देखि ८ गते सम्म कैलालीका बिभिन्न स्थानमा सञ्चालित क्लिनिकहरूको अनुगमन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *