प्रहरीद्धारा घरेलु मदिरा बरामद गरी नष्ट

लम्की–०५ असोज
कैलालीको लम्कीबाट प्रहरीले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको टोलीले शुक्रवार राति लम्की क्षेत्रका विभिन्न होटलहरूमा छापा मारी ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको हो।

चाडपर्वको सन्दर्भमा मदिराको अत्यधिक प्रयोगले समाजमा होहल्ला, झैझगडा, र अन्य आपराधिक घटनाहरू हुनसक्ने हुदा यसको नियन्त्रणका लागि मधिरा बरामत गरि नष्ट गरेको इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख दीर्घ बहादुर साउँदले बताए । ” उनले भने होटल तथा व्यवसायिक स्थलहरूमा घरेलु मदिराको उत्पादन र बिक्री वितरण तीव्र भइरहेको पाइएको छ। “चाडपर्वको अवसरमा धेरै मानिसहरू मदिरा सेवनमा लिप्त हुने भएकाले समाजमा झैझगडा र अन्य अप्रिय घटनाहरूको जोखिम बढ्छ। यसलाई न्यून गर्न हामीले घरेलु मदिरा बरामद र नष्ट गर्ने कार्यलाई तीव्र बनाएका छौ।
जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूले प्रहरीको यो कदमलाई समर्थन गरेका छन्। उनीहरूले चाडपर्वको समयमा मदिरा सेवनले समाजमा अशान्ति फैलाउनसक्ने भन्दै यस प्रकारको अवैध गतिविधिको रोकथामका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताएका छन्।

चाडपर्व नजिकिँदै गर्दा समाजमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन लगायत अन्य क्षेत्रमा पनि यस्तो अभियानलाई निरन्तरता दिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *