नगर उद्यान मोहनलाल सामुदायिक बनको छैठौं बार्षिक साधारण सभा सम्पन्न

लम्की–१२ असोज
कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको नगर उद्यान मोहनलाल सामुदायिक बन उपभोक्ता समुहको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।लम्कीचुहा नगरपालिका वडा नं.२,५ र ७ अन्तरगत गर्ने सामुदयिक बनको छैठौं बार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
समुहका अध्यक्ष बखत बहादुर बिष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष सन्तोष कुमार ओली रहेका थिए । कार्यक्रमका बिभिन्न अतिथी वडा नं.५ की वडा अध्यक्ष माया बिष्ट,वडा न..७ का वडाअध्यक्ष भगवानदीन चौधरी रहेको थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी ओलीले सामुदायिक बन भनेको हामी सबैका सम्पत्ति भएको हुदा आपनत्व लिनु पर्ने बताएका छन ।, जल ,जमीन ,जङ्गल भय मात्र मानव बस्ती बिकास भएको हो उनले भने‘‘ भोलिको पिडिका लागि जसरी सम्पती बचत गरेर राखिन्छ तेस्तै गरि बन लाई पनि जोगाएर राख्नु पर्ने हुन्छ, सामुदायिक बनको बिधान अनुसार काम गर्न जरुरी छ ।बन बिकासका लागि आफ्नो क्षेत्रबाट हुने सहयोग गर्ने समेत उनले प्रतिबद्धता ब्यक्त गरे ।


कार्यक्रमकी बिशिष्ट अतिथी वडा अध्यक्ष माया बिष्टले वडा र सामुदायिक बनको सहकार्यमा उपभोक्ता लक्षित कार्यक्रम ल्याउनु पर्ने बताएकी छन । त्यसका लागि वडा कार्याल र कार्यपालिकामा गर्ने काम आफुले गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । सामुदायिक बनले ठोस र उपभोक्ता लक्षित योजना माग गरेमा आफुले बजेट ल्याउन पहल गर्ने उनले बताइन् ।
सामुदायिक बनले उपभोक्त लक्षित सामाजिक उत्तरदायित्वका उल्लेखिय कार्यहरु गरेको बनका अध्यक्ष बखत बहादुर बिष्टले बताए ।उनले भने ‘‘ आय आर्जन मार्फत जीवनस्तर उकास्नका लागि सामुदायिक बनका ११ जना अतिबिपन्न १२ जना उपभोक्ताहरुलाई बाख्रा वितरण छौ जस्मा सामुदायिक बनको कार्ययोजना अनुसार आयाआर्जन र जिविको पार्जन शिर्षकबाट १२ जना उपभोक्ता ३७ वटा बास्रा बितरण गरिएको छ ,साथै बितरण गरिएका बाख्रालाई भ्याक्सीन,बाख्रा पालन सम्बन्धी तालिम पनि दिएको बताए । आन्तरिक सर्वेक्षण अनुसार सामुदायिक बनमा २९ जना अतिबिपन्न उपभोक्ताहरु छन । बनको कार्ययोजना अनुसार नै विपन्न बर्गको आय आर्जन लागि युवाहरुलाई प्लम्बिङ र बिजुली बत्ति सम्बन्धी तालिम प्रदान गर्ने सामुदायिक बनको आगामी लक्ष्य रहेको उनले बताए ।


साधारण सभाका बिच आथिर्क बर्ष २०८०÷८१ को २४ लाख १४ हजार १ सय ७७ रुपैया ५१ पैसा बराबरकाको आयाब्यय सहित चालु आर्थिक बर्ष २०८१÷८२ को ८३ लाख ४० हजार २ सय १४ रुपैया बराबरको अनुमानित आयब्यय समुहका कोषध्यक्ष टेक थापाले प्रस्तुत गरेका थिए ।
समुहका उपाध्यक्ष भीम प्रसाद जैसीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन समुहकी सचिव लक्ष्मी पुनले गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *