लम्की –२३ कार्तिक
कैलालीमा लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.१ राजिपुर र जानकी गाउँपालिका ८ पालबजार बाट गरि लागुऔषधी ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लम्कीबाट सादा पोसाकमा खटिएको टोलीले विशेष सूचनाको आधारमा लम्कीचुहा नगरपालिका वडा नं.१ का २२ बर्षिया पदम न्यौपाने र २१ बर्षिया टंक बोहरालाई २ ग्राम १७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ। साथै जानकी गाउँपालिका वडा नं.८ पालबजारबाट २८ बर्षिया प्रकाश साउँद (चड्डा) लाई पनि एक पोका लागूऔषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिहले जानकारी दिएका छन । पक्राउ परेका तीनै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय इलाका प्रहरी कार्यालय लम्कीले बिभिन्न अपराधी क्रियाकलाप माथि निगरानी बढाएको छ । केही दिन अघि मात्र इलाका प्रहरी कार्यालय लम्कीको टोलीले जोशीपुर गाउँपालिकाको जोशीपुर बजारबाट पनि नियन्त्रित औषधी (लागुऔषध) सहित सञ्चालकलाई पक्राउ गरेको थियो ।