लम्की–२९ कार्तिक
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.७ बामनपुरमा रहेको राष्ट्रिय माध्यमिक बिद्यालयमा ३ कोठे पक्की भवन निर्माण हुने भएको छ । लामो समय देखि भवन अभाबको मार खेप्दै आएको बिद्यालयमा ३ कोठे भवन र २ कोठे शौचालय निर्माण हुने भएको हो ।
लम्कीचुहा नगरपालिका र बिल्ड अन नेपालको संयुक्त आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको शिलान्यास एक कार्यक्रमका बिच बुधवार गरिएको छ ।
भवन अभाबमा बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई पठनपाठनमा निकै समस्या रहेको छ । नगरपालिका र बिल्ड अन नेपालको संयुक्त लगानीमा भबन बन्न लागे पछि बिद्यालय परिवार खुसि भएका छन ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मदन प्रसाद चौंलागाईंको अध्यक्षतामा आयोजित भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं.७ का वडा सदस्य अनिल चौधरी रहेका थिए । कार्यक्रमको बिशिष्ट अथितिमा बिल्ड अन नेपालका इन्जीनियर मनोज चौधरी रहेका थिए । कार्यक्रमको अतिथिमा बिद्यलय ब्यवस्थापन समितिका पुर्वअध्यक्ष उदयराम चौलागाईं,शिक्षक अभिभाबक संघका अध्यक्ष सिताराम चौधरी,,निर्माण संयोजक लौटन प्रसाद चौंधरी लगायतका रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अनिल चौधरीले शैक्षिक बिकास आफ्नो प्रतिबद्धता रहेका बताए । शिक्षा जिवनको ज्योति हो ,शिक्षा प्राप्त गर्नका लागि कहीकतै कुनै कारणले पनि बाधा नहोस भन्ने संकल्पका साथ वडाले काम गरिरहेको बिश्वास ब्यक्त गरे ।
३ कोठे भवन र २ कोठे शौचालय निर्माणका लागि बिल्ड अन नेपालले अनुमानित ३० लाख रुपैया खर्च गर्ने छ भने बाकी नगरपालिकाले गर्ने छ । बिल्ड अन नेपालका इन्जीनियर मनोज चौधरीले कार्यक्रमका बिच शिक्षक,अभिभाबक र जनप्रतिनिधिका बिच भवन निर्माणका लागि सम्झौता गरेका थिए ।
बिद्यालयका प्रधानाध्याक रामगुलाम चौधरीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक देबिराज जैसीले गरेका थिए ।