महोत्सवको ब्यपारका लागि बिद्यार्थीको पढाईमा ताला : लम्कीचुहा नगरपालिकाको निर्णय विवादमा

लम्की–१४मंसिर
कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवको व्यापार प्रवर्द्धनका लागि नगरक्षेत्रका सबै शैक्षिक संस्थाहरूलाई दुई दिनको सार्वजनिक बिदा दिने गरेको निर्णय विवादमा परेको छ। नगरपालिकाले यो निर्णय विज्ञान प्रदर्शनीको नाममा लिएको भए पनि यसको वास्तविक उद्देश्य महोत्सवमा भिड बढाउने रहेको भन्दै स्थानीय अभिभावक, विद्यार्थी, र शिक्षकले तीव्र असन्तुष्टि जनाएका छन्।

नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न निर्देशन जारी गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले लम्की चुहा उद्योग वाणिज्य संघको पत्रअनुसार स्थानीय बिदा दिएको भन्दै सूचना जारी गरेका हुन् ।
‘यही मंसिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

तर नगरपालिकाको यो कदमलाई लिएर सामाजिक सञ्जालमा विरोधका टिप्पणीहरूको ओइरो लागेको छ। धेरैले यसलाई विद्यार्थीहरूको भविष्यमाथि खेलवाड भन्दै आक्रोश व्यक्त गरेका छन्। “महोत्सवको व्यापार बढाउन विद्यार्थीहरूको समय र शिक्षालाई बलि दिनु आपत्तिजनक रहेको भन्दै टिप्पोणी गरेका छन ।
“विज्ञान प्रदर्शनीको नाम दिएर विद्यार्थीहरूलाई महोत्सवमा घचेट्न खोज्नु नगरपालिकाको शिक्षा प्रतिको उदासीन दृष्टिकोणलाई देखाएको आरोप समेत लगाएका छन ।

यो विषयमा नगरपालिकाका प्रवक्ता लव बहादुर शाहीले बिरोध गर्नेहरुका लागि बिरोध मात्र भएको बताएका छन । उनले भने नबुझ्नेहरुका लागि मात्र हो । ,स्थानीय सरकारले बर्षमा ६ दिन हिउदे बिदा दिन पाउने ब्यवस्था छ दुइ दिन मात्र दिएका छौ । अझै हामी संग ४ दिन बाकी छ ।यो महोत्सवलाई लक्षित नभई बिद्यालयहरुको अनुरोध र उद्योग बाणिज्य संघको अनुरोध पछि स्थानीय कलासंस्कृति भेषभुषा सहित बिद्यार्थीहरुको नृत्य,बिज्ञापन प्रदर्शनी र अवलोकनको उद्देश्य सहित दुइ दिन बिदा दिएका उनले बताए ।

लम्कीचुहा नगरपालिकाको यो निर्णयले शिक्षा जस्तो संवेदनशील विषयलाई बेवास्ता गरेको ठहर गरिएको छ। विद्यार्थीहरूको भविष्यसँग जोडिएको यो मुद्दाले नगरपालिकालाई गम्भीर सोच्न बाध्य बनाएको छ। आगामी दिनमा नगरपालिकाले यस्तो विवादास्पद निर्णय हेरेफेर गरेर मात्र प्रकाशन अति आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *