रोयल ग्रुपद्धारा नगद सहित खाद्यन्न सहयोग

लम्की–१४मंसिर
दिन दुखी साहरा बिहीनहरु सहारा बन्दै गरेको रोयल ग्रुपले फेरी एक परिवारमा सहयोग गरेको छ ।बिगतका दिन देखि सहयोग गर्दै आएको रोयल ग्रुपले लम्कीचुहा नगरपालिका वडा नं.५ चौरीका खडक नेपालीको परिवारलाई खाद्यन्न र नगद सहयोग गरेको हो । आर्थिक अवस्था निकै कमजोर भएका खडक नेपालीको जेठो छोराको (रतेश नेपाली) केही दिन पहिले अल्पायुमा दुखद निधन भएको थियो । यस्तो दुखद घडिमा थोरै पनि राहत सहयोग गर्नु पर्छ भन्ने सोचका साथ नगद ५ हजार सहित खाद्यन्न(चामल) सहयोग गरेको रोयल ग्रुपले बताएको छ ।


जेनतेन छोराको औषधी उपचार गरेर पनि छोेरालाई बचाउन नसकेका खडक नेपालीले नगद सहित सहयोग पाउदा खुसी लागेको बताए । गह भरी आशु, शरिरमा क्रियापुत्रीको सेतो कपडामा रहेका खडक नेपालीले रोयल ग्रुपलाई धन्यवाद सहित आगमी दिनमा सबैको सहयोगमा यस्तै निरन्तरता दिन आग्रह गरेका छ।


एक छाक खानाको कोही भोको नरहोस र एक खुराक औषधी अभाबमा कसैको पनि ज्यान नजाओस भन्ने उद्देश्य सहित स्थापना भएको रोयल ग्रुपमा बिभिन्न पेशा ब्यवसायमा जोडिएका मनकारी युवाहरु आबद्ध छन । थोरै पकेट खर्च कटाएर बनाएको कोषबाट यो ग्रुपले बिभिन्न ठाउँमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *