एमवाइसी कप २०८१ को उपाधी रिभर साइडलाई

लम्की–१ पुस
कैलालीको लम्कीमा सम्पन्न एमवाइसी कप २०८१ को उपाधी रिभर साइड युवा क्लबले उचालेको छ । फाइनलमा बिएस १५ चौरीलाई ३–१ ले पराजित गर्दै रिभर साइड युवा क्लब चिसापनीले उचालेको हो ।मातृभुमी युवा क्लबको आयोजनामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको खुल्ला एमवाइसी कप फुटबल प्रतियोगितामा बिभिन्न ठाउँका गरि १४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै फाइनलमा रिभर साइड र बिएस– १५ आमने सामने भएका हुन । खुल सुरुको केही समय भित्रै खाता खोल्न सुरु गरेको रिभर साइडले लगातार ३ गोल गर्न सफल भएको थियो भने बिएस– १५ जवाफी १ गोल मात्र गर्न सक्यो । प्रतियोगिताको प्रथम हुदै उपाधी उचाले संगै पुरस्कार राशी ५१ हजार, ट्रफी,मेडल प्राप्त गरेको छ भने दृतीयमा चित्त बुझाएको बिएस– १५ ले रु २१ हजार ट्रफी,मेडल प्राप्त गरेको छ ।
आयोजक मातृभुमी युवा क्लबले एक कार्यक्रमका बिच प्रथम र द्धतीय हुने टीमलाई पुरस्कार प्रदान गरेको छ । मातृभुमी युवा क्लबका अध्यक्ष बिरेन्द्र बिष्टका अध्यक्षतामा आयोजित प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अथिति वडा नं.१ का वडा सदस्य सिद्धराज तिमिल्सेना रहेका थिए ।कार्यक्रमका बिशिष्ट अथितिमा लम्की बहुमुखी क्याम्पसका अध्यक्ष कर्ण रावल, हाम्रो पाठाशालाका सञ्चालक कृष्ण बटाला अथितिमा मातृभुमी सामुदायिक बनका अध्यक्ष दील बहादुर साउँद,किसान ब्यवसायी गणेश ढकाल,प्याब्सन लम्कीका अधयक्ष रज बहादुर थापा,युवा टेकराज कठायत लगायतका रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *