कैलालीबाट खैरो हेरोइनसहित चार जना पक्राउ
लम्की-४ पुस
कैलालीबाट खैरो हेरोइनसहित चार जना पक्राउ परेकमा छन्। लम्कीचुहा नगरपालिका बचैलास्थित खाली घरबाट खैरो हेरोइन २ ग्राम ६ सय २० मिलिग्रामसहित ४ जना बिहीवार बिहान पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका -४ कौवापुर बस्ने २४ वर्षीय आरन थापा, २३ वर्षीय जगत वड, १६ वर्षीय किशोर र वडा नं. ३ चिसापानी बस्ने २४ वर्षीय भिमसेन सापकोटा रहेका छन्। यी चारै जनालाई इलाका प्रहरी कार्यालय लम्कीबाट सादा पोसाकमा खटिएको प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका ४ माथी थप अनुसन्धान भइ रहेको र म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख लोकेन्द्र बहादुर सिङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *